कोलकाता र बैंगलोर आज भिड्दै

   ४ आश्विन २०७८, सोमबार १६:०९  

४ असोज, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले भिड्ने छन् ।

शेख जायद स्टेडियममा हुने कोलकाता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् ।

प्रतियोगितामा कमजोर बनेको कोलकाता आजको खेलमा सहज जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
प्रतियोगितामा ७ खेल खेलेको कोलकाताले ४ अंक जोडेको छ । कोलकाता अंक तालिकाको सातौं स्थानमा छ । यता, ७ खेलबाट १० अंक जोडेको बैंगलोर आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ ।

बैंगलोर अंक तालिकाको तेस्रो स्थानमा छ । आजको खेलमा जित निकाल्न सकेमा बैंगलोर तालिकामा आफूलाई बलियो बनाउने छ । अघिल्लो चरण प्रवेशका लागि पनि बैंगलोरलाई सहज हुनेछ ।