बुटवलका मेयरमाथि एक पहिरो पीडितले गरे मुक्का प्रहार

   ४ आश्विन २०७८, सोमबार १३:५०  

४ असोज, रौतहट । बुटवल उपमहानगरपालिकाका मेयरमाथि आज एक बाढी पहिरो पीडितले मुक्का प्रहार गरेको छ ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि बुटवलकै ज्योतिनगर क्षेत्रका एक पहिरो पीडितले अचानक मुक्का प्रहार गरेको छ । पहिरो बाट क्षतिग्रस्त भएको क्षेत्रको अवलोकन गर्न सोमबार पुगेको सुवेदीमाथि एक युवकले मुक्का प्रहार गरेका थिए ।

पहिलोका कारण विस्थापित भएको लामो समय भएपनि कुनै किसिमको व्यवस्थापन तथा उपमहानगरपालिकाले यस सम्बन्धमा कुनै पहल नगरेको भन्दैँ मेयर सुवेदीमाथि युवकले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सो क्षेत्रमा हाल पनि ५० भन्दाँबढी परिवार विस्थापित नै भएका छन् । मेयरमाथि मुक्का प्रहार गर्ने युवकलाई मेयरसँगै रहेका प्रहरी र नगरप्रहरीले जोगाएका थिए ।