सर्वाेच्चमा आज ओलीको मुद्दामा सुनुवाइ हुने

   ४ आश्विन २०७८, सोमबार १३:१६  

४ असोज, रौतहट । सर्वाेच्च अदालतमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्माको मुद्दामा सुनुवाइ हुने भएको छ ।

ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरी दिएको निवेदनमाथि आपको लागि पेसी तोकिएको छ ।

केपी शर्माको रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी सर्वाेच्च अदालतले तोकिएको छ ।

पार्टीबाट १४ सासंदमाथि कारवाही गरिएपनि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको कारण विपक्षी भन्दैँ निर्वाचन आयोगललाई समेत कानुनी दायरामा ल्याएका हुन् ।