सुनचाँदीको मूल्यमा गिरावट

   ४ आश्विन २०७८, सोमबार १२:०९  

४ असोज, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोलामा ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसअघि आइतबार ८९ हजार रुपैयाँमा छापावाला सुनको बिक्रि भएको थियो ।

त्यसैगरी, हिजो १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १ सय ३५ रुपैयाँ निधारण गरिएको छ ।