संविधान संशोधन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
४ असोज, रौतहट । गौरमा संविधान दिवसको अवसरमा संविधान संशोधन आवश्यकता विषयक अन्तरक्रिया सम्बन्धी कार्यक्रम आइतबार सम्पन्न भएको छ । रौतहटको गौर स्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टी नेपाल र जिल्ला समन्वय समितिले उक्त कार्यक्रमको आयोजना गरेको थिए । माननीय राम किसोर यादवको प्रमुख अतिथितमा सो कार्यक्रम सम्पन्न भएको हो ।
वर्तमान संविधानमा निर्माणकै बेला देखि मधेशी, जनजाती, दलित, मुस्लिम र सिमांकण समुदायको असन्तुष्टि रहेको छ । जसपाका नेता रेवन्त झा भन्छन् कि “यी समुदायका व्यक्तिहरु २०७२ असोज ३ गते कै दिन विभिन्न ठाउँमा आन्दोलन गरिरहदाँ सरकारद्धारा दमन गराई , गोली प्रहार गरि मुख बन्द गराइयो । जसमा थुप्रै जनाको ज्यान गएको थियो ।” जसकारण हामी यो सविंधान दिवसलाई कालो दिवसको रुपमा पनि मनाउने गर्छौ उनले द नेपाल मिडियालाई बताउनुभयो ।
संविधानमा धेरै जसो कुरा सच्याउनु पर्ने भएको कारण र सहिदहरुको सम्झनाका लागि हामी जुटेको नेता झाले बताउनु भयो । जनता समाजवादी पार्टीले संविधान लागु भएदिन देखिनै सो दिनलाई कालो दिवसको रुपमा मनाउने आह्वान गरेका थिए । फलस्वरुप प्रत्येक वर्ष जसपाले विभिन्न विरोध कार्यक्रमको आयोजना गरि संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने गरेका छन् ।
हिजो भएको कार्यक्रम जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको थियोे । जसमा केन्द्रिय सदस्य किशोरी यादव, केन्द्रिय सदस्य तथा राज्यमन्त्री योगेन्द्र यादव, नेता रेवन्त झा लगायत संघीय परिषदु सदस्यहरु, प्रदेश सदस्यहरु, उपमेयर किरण ठाकुर तथा युवा नेता ललन यादव समेतको सहभागीता देखिएको थियो ।