धनुषाको एक पोखरीमा दुई जनाको शव फेला

   ४ आश्विन २०७८, सोमबार ११:०३  

४ असोज, रौतहट । धनुषाको एक पोखरीमा दुई जनाको शव फेला परेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका २ बस्ने २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव पोखरीमा आज बिहान भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरायसी विवादका कारण उनको घरमा झगडा भएको थियो ।
घटनाबारे हाल केही बुझन नसकेको र घरायसी विवादको कारण छोरालाई लिएर आमाले आत्म हत्या गरेको हुनसक्ने आशंका भएको स्थानीयले बताएका छन् ।

पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेको थियो । धनुषाधामबाट खटिएको टोली र स्थानीयको सहयोगमा शवलाई पोखरीबाट निकालेर पोष्टमार्टमको लागि पठाइएको छ ।

यस घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।