दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु
journey fortech
३ आश्विन २०७८, आईतवार १३:३६
३ असोज, रौतहट । दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालका अनुसार करेन्ट लागेर दंगीशरण गाउँपालिका ७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको मृत्यु भएको छ ।
आइतबार बिहान ७ बजेति मोटर चलाउने क्रममा करेन्ट लाग्दाँ उनी गम्भीर घाइते भएकी थिइन् । घाइते चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।