लागुऔषधसहित कुवेतमा एक नेपाली पक्राउ

   ३ आश्विन २०७८, आईतवार १२:५६  

३ असोज, रौतहट । लागूऔषसहित कुवेतमा एक नेपाली नागरिक पक्राउ परेको छ ।

कुवेतको आन्तरिक सुरक्षा मन्त्रालयले त्यहाँको हवाली क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा एउटा गाडी पार्किङ गरी बसेका चालकलाई खोजतलास गर्दा उनको गाडीबाट पाँच झोला खैरो हेरोइनसहित एक नेपाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

लागूऔषसको बिक्रीका लागि ग्राहक कुरेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेका उनीमाथि यसबारे थप अनुसन्धानको प्रवर्तन विभाग पठाइएको कुवेत प्रहरीलाई उद्रित गर्दै अरब टाइम्सले जनाएको छ ।