असोज ४ गतेबाट बजारमा नयाँ नोट वितरण हुने
३ असोज, रौतहट । नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट दशैँका लागि ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ ।
केन्द्रिय बैंकले यहि असोज ४ गतेबाट नयाँ नोट साट्ने व्यवस्था समेत गरिसकेको छ । असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ ।
राष्ट्र बैंकले ४ गतेदेखि नै नयाँ नोट बाँडे पनि अन्य बैंकतथा वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने भएका छन् ।
दशैँ र तिहारका अवसरमा हरेक वर्ष औसतमा ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ ।
यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हात हातमा पुग्छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । तर, यो वर्ष राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ ।