जसपाकाे संगठन सुदृधिकारण तथा जनजागरण कार्यक्रम सम्पन्न
२ असाेज , राैतहट । जनता समाजवादी पार्टी नेपाल नगर कमिटि द्वारा संगठन सुदृधिकारण तथा जनजागरण अभियान एवंम अभिमुखीकरण कार्यक्रम शुक्रबार माधवनारायणमा सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य चुलहाई राय यादवले मैनबती बालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
जनता समाजवादी पार्टीको केन्द्रिय कमिटिको बैठकले ७७ वटै जिल्लामा पार्टी सुदृधिकारण कार्यक्रम संचालन गर्ने निर्णय गरे अनुसार माधनारायण नगर कमिटिको आयोजनामा शुक्रबार संगठन सुदृधिकारण तथा जनजागरण अभियान तथा अभिमुखीकरण कार्यक्रम सु-सम्पन्न भएको छ ।
प्रदेश न २ को भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले आफनै पार्टी फूटाउने प्रयास गरेकाे जसपा रौतहटका पूर्व जिल्ला उपाध्यक्ष श्याम बिहारी यादवकाे आराेप छ ।
मन्त्रि योगेन्द्र यादवले जिल्लामा आएर आफ्नै पार्टीको नेताहरुलाई गुटगात भेला गर्दै समावेश गराउदै आइरहेको प्रति अहिले सम्म पार्टीको ध्यानाकर्षण नहुनु पार्टीको लागि नराम्रो संकेत भएको वहाँले बताउनु भयाे ।
प्रदेश सरकार बाट किशानहरुको लागि आएको मल,ट्यांकी दमकल मोटर समेत मन्त्रि यादवले आफ्नो आसेपासको व्यक्तिलाई बितरण गर्दै आइरहेको प्रति कार्यक्रममा उपस्थित कार्यकार्ताहरुले त्यस प्रति कडा आपति जनाएका थिए ।
पार्टीलाई फुटाउनु भन्दा राम्रो सबैलाई एक जुट भएर अगाडी बढ्न रौतहट जिल्ला इन्चार्ज ब्रिजकिशोर यादवले आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य देखि लिएर जिल्ला कमिटि सदस्यहरुको साथै स्थानियाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।