सडेको अवस्थामा मृत चितुवा फेला

   ३१ भाद्र २०७८, बिहीबार १४:०८  

३१ भदौँ, रौतहट । पृथ्वी राजमार्गको नालीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ को माथिल्लो गुणादीमा करिब १२ वर्ष उमेरको भाले चितुवा मृत अवस्थामा भेटिएको सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

मृत अवस्थामा फेला परेको भितुवाको शरीरमा कुनै प्रकारको चोट नदेखिएपनि सडेको अवस्थामा सडकको नालीमा भेटिएको रानाभाटले जनाए ।

सो स्थानमा गन्हाउन थालेपछि स्थानीयले देखेर खबर गरेपछि, सवडिभिजन वन कार्यालय म्याग्देबाट खटिएको टोलीले मृत चितुवालाई चितुवा कार्यालय परिसरमा गाडिएको छ ।