सिरहामा आफ्नै कोठाभित्र युवती मृत फेला

   ३० भाद्र २०७८, बुधबार १४:३०  

३० भदौँ, रौतहट । सिरहामा एक युवती आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको लहानमा उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराकी २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठाभित्र मृत भेटिएकी हुन् ।
डेरा गरी बस्दैँ आएकी करिश्मा दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि, घरबेटीले कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

करिश्मा लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी थिइन् । मृत अवस्थामा फेला परेकी करिश्माको कोठाबाहिरबाट चुकुल लगाइएको र मृतकको घाँटीमा डोरीले बाँधेको डाम, रगत र टाउकोमा चोट देखिएपछि, घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

शंकास्पद अवस्थामा एक जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार हत्या वा आत्महत्या हो, भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि नै थाहा हुने छ ।