बोक्सी भन्दैँ काठमाडौँमा एक महिलामाथि निर्घात कुटपिट

   ३० भाद्र २०७८, बुधबार १०:५६  

३० भदौँ, रौतहट । बोक्सी भन्दैँ काठमाडौँमा एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

पेट दुख्ने समस्या भएकी महिलालाई बोक्सी भन्दैँ कुटपिट गरेको अभियोगमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित महिलाको श्रीमान्ले उपचारका लागि थिङ कहाँ महिलालाई ल्याएका थिए ।

थिङले ती महिलालाई बोक्सी चढेको भनेपछि, उनका श्रीमान् लगाएत ४ जनालो उनीमाथि निर्घात कुटपिट गरेको भन्दैँ प्रहरीमा उजुरी परेसंगै घटनामा संलग्न भएका चारै जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उजुरी दिन आउँदा महिलाको शरीरमा निलडाम समेत देखिएको प्रहरीले जनाएको छ ।