नेपालमा थपिए १ हजार ५६२ कोरोना संक्रमित, १९ जनाको मृत्यु

   २९ भाद्र २०७८, मंगलवार १७:०२  

२९ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा १० हजार २ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, विगत २४ घण्टामा ४ हजार १ सय ७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८२ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ ।