माओवादी केन्द्रको स्थायी समिति बैठक आज ३ बजे बस्दै

   २९ भाद्र २०७८, मंगलवार १२:३२  

२९ भदौँ, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

आजको बैठकमा गत बुधबारदेखि नै निरन्तर संसद अवरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्दै आएको विषयमा छलफल हुने जनाइएको छ ।