गृहजिल्ला जादैँ अध्यक्ष ओली
२९ भदौँ, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा जाने भएका छन् ।
प्रधामन्त्रीको पदबाट मुक्त भएपछि ओली पहिलो पटक गृहजिल्ला जाने भएका हुन् । यति एयरलाइन्सबाट आज बिहान १० बजे नै भद्रपुरस्थित चन्द्रगढी विमानस्थल गएका स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बिर्तामोडस्थित सिटी सेन्टरको साई प्यालेसमा जिल्लास्तरीय अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि आयोजित गरिएको छ ।
ओली भदौँ २७ गते नै गृहजिल्ला जाने तय भएपनि विशेष कारणले गर्दा २ दिन सारिएको स्रातले जनाए । कार्यक्रममा सहभागी पश्चात् अध्यक्ष ओली आजै दिउँसो २ बजेतिर काठमाडौँ फर्किने छन् ।






