१३ वर्षीया बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
२९ भदौँ, रौतहट । भारतमा लगेर १३ वर्षीया बालिकालाई बेचेको आरोपमा सुर्खेतबाट एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानव बेच बिखन गरेको अभियोगमा भेरीगङ्गा नगरपालिका ६ सुर्खेतकी ५० वर्षीया महिलालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
ती महिलाले २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका वडा नमबर ९ बस्ने १३ वर्षीया बालिकालाई जागीर लगाई दिन्छु, भन्दैँ ललाईफकाई भारतको दिल्ली लगी बेचेकी थिइन् ।
“विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिला विरुद्ध गुर्भाकोट नगरपालिका ९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिल्ला प्रहरी कार्यालयमा बालिकालाई बेचबिखन गरेको भनदैँ उजुरी दिएकी थिइन्”, प्रहरी नायब उपरीक्षक घर्तीले बताए । जाहेरी परेसंगै खोज तलास गरेपछि, बालिकाको पत्ता लगानउँ नसकेपनि बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी घर्तीले जनाए”।
प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेपछि, सो स्थानबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि स्वदेश फर्केकी छन् ।
पक्राउ परेकी ती आरोपी महिलामाथि यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।