विनोद घिमिरे रौतहटका नया एसपी
२९ भदौ, रौतहट । पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउने कार्यमा सँलग्न भएको देखिएपछि तत्कालिन एसपी सिद्धि विक्रम शाहलाई हेडक्वाटर तानेको २० दिन पछि रौतहटमा नयाँ एसपीको काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ । प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा काज सरुवा गरेको हो । घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।
साउन ३२ गते आफ्नै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका कर्मचारीले संचारकर्मी मोजीबुल्लाहको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेका थिए । प्रहरी सहयाक निरिक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले धिरज यादव र जितेश यादवको सहयोगमा सो घटना घटाएको सिसिटिभीको फुटेज बाहिरिएको थियो ।
साउनको अन्तीम साता बिदा जानुभन्दा पहिले उपरिक्षक शाहले नै योजना बनाएर आफु बिदा गएपछि सो काम सकाउन असई यादवलाई खटाएका थिए । सोही अनुरुप योजनाबद्ध हिसाबले मोजिबुल्लाहलाई होटेलमा बोलाएर बाहिर उनको मोटरसाइकलमा लागुऔषध राखेको थियो । पत्रकार फसाएपछि एसपी शाहले पत्रकार संजय सहनीको मोबाइलमा फोन गरेर काम सम्पन्न भएको भन्दै खुशी साटेका थिए ।
प्रहरीले पत्रकार सम्मेलन गरेरे संजय सहनीलाई दोषी चित्रण गरिरहदा उनै सहनीसँग घटना पश्चात एसपीले गरेको कुराकानीको अडियो भाइरल भएको थियो । एसपी शाहले सहनीलाई आफै फोन गर्दै कहाँ हो ? एक्लै हो की भनेर शुरुमा सोधेका एसपी शाहले काम सके लगतै तत्कालै असइले आफुलाई फोन गरेको बताउदै फोनमा उनले अगाडी भनेका छन “अब अहिले जसको काम पक्षमा काम गर्यो राम्रो भयो, जसको अहितमा काम गर्यो उसले नराम्रो भन्न शुरु गरि हाल्छ नी ।”
शाह आफै फस्ने भएपछि उनले घटनाको दोष सबै संजय सहनीको टाउकोमा थुपारेका थिए । एसपी शाहले कसको इशारामा काम गरेको भन्ने पता लगाउन अझै बाँकी रहेको छ । मोजिबुल्लाहलाई फसाउन कस्को निर्देशनमा एसपीले काम गराएका थिए भन्ने कुरा अझै रहस्यमै रहेको छ ।
यता रौतहटका केही स्थानिय पत्रकारहरु बिना प्रमाण एकअर्कालाई दोषारोपण गर्ने तथा मनगढन्त कुरा सामाजिक संजालमा लेख्दै पत्रकारको गरिमालाई खस्काउने काम गरिरहेका छन । खोजमूलक पत्रकारिता गरेर घटनाका मुख्य योजनाकार खोज्नुको सट्टा एकअर्कालाई लान्छना लगाउने, तथ्यहिनकुराहरु लेख्ने गरेको प्रति महासंघ अध्यक्ष प्रेमचन्द्र झाले खेद व्यक्त गरेका छन ।