आज थपिए ९ सय ११ संक्रमित, १ हजार ४२३ जना कोरोनामुक्त

   २७ भाद्र २०७८, आईतवार १७:०२  

२७ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बितेको २४ घण्टामा ३ हजार १ सय ४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७३ संक्रमण एन्टिजेन संक्रमण देखिएको छ ।

त्यस्तै, यो अवधिमा थप १ हजार ४ सय २३ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा उपचाररत कोरोना संक्रमितको कुल संख्या २६ हजार ७ सय ५७ पुगेको छ ।