संखुवासभामा ६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक

   २७ भाद्र २०७८, आईतवार ११:४८  

२७ भदौँ, रौतहट । संखुवासभामा भएको ६ जनाको हत्यारालाई प्रहरीले सार्वजानिक गरेको छ ।

संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा गरेको अभियोगमा सोही स्थानका नातामा भतिजा पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आरोपी कार्कीले गत सोमबार तेजबहादुरको परिवारलका ६ जनाको विभत्स हत्या गरेको थियो । पक्राउ परेको लोकबहादुरमाथि घटनाबारे अनुसन्धान गर्दा ६ जनाको हत्या गरेको उनी स्वीकार गरेको प्रहरीले जनाएको छ ।