एमसीसीका उपाध्यक्ष सुमार आज स्वदेश फर्कदै

   २७ भाद्र २०७८, आईतवार १०:५५  

२७ भदौँ, रौतहट । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार आज स्वदेश फकिर्ने भएकी छन् ।

नेपालमा चारदिने भ्रमणका लागि यही भदौँ २४ गते (बिहीबार) सुमारसहितको टोली आएको थियो । नेपाल आएकी सुमार भ्रमणकै क्रममा प्रधानमन्त्री देउवा लगाएत प्रमुख राजनीतिक दलका नेताहरुसंग भेटघाट गरेकी हुन् ।

भ्रमणसंगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना बारे बुझ्न नेपाल आएकी सुमारलाई राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन सरकारले दिएको छ ।