कोरोनाका कारण इलामको समन्वय समितिका सदस्यको निधन

   २६ भाद्र २०७८, शनिबार ११:२०  

२६ भदौँ, रौतहट । कोरोना संक्रमणका कारण इलामको समन्वय समितिका सदस्य चन्द्र मगरको आज निधन भएको छ ।

बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचाररत मगरको शनिबार बिहान करिब ४ः३० बजेतिर निधन भएको समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

एक हप्ता अघि उनको स्वास्थ्यमा समस्या भएपछि, मेची अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । सोही अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनमा संक्रमण नदेखिएपनि स्वास्थ्य अवस्था जटिल बन्दैँ जादाँ थप उपचारको लागि बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।