८ वर्षीया बालिका बलात्कृत, ५७ वर्षीय आरोपी पक्राउ
२५ भदौँ, रौतहट । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बुलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि करणी गरेको उजुरी परेसंगै निजलाई बिहीबार दिउँसो नै पक्राउ गरिएको प्रहरीले जानकारी दिए । हिरासतमा रहेको लिम्बुमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।