आलमको मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’

   २५ भाद्र २०७८, शुक्रबार १३:४७  

२५ भदौँ, रौतहट । कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमले थुनामुक्त हुनको लागि दिएको निवेदनमाथि सर्वाेच्चमा आज पनि सुनुवाई हुन सकेन ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा आलमको पेसी शुक्रबार तोकिएको थियो । तर, उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेका कारण सुनुवाई हुन नसकेको स्रोतले जनाएको छ ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको आरोपमा पक्राउ परेको आलमलाई जिल्ला र उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो । हाल उनी ललितपुरस्थित नख्खु कारागारमा हुन् ।