प्रचण्डलाई भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष सुमार
२५ भदौँ, रौतहट । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगकी थिइन् ।
शुक्रबार बिहान प्रचण्डको निजी निवास खुमलटारमा सुमारसहितको टोली पेगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमसीसी उपाध्यक्ष र प्रचण्डबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
चारदिनको भ्रमणमा बिहीबार नेपाल आएलगत्तै सुमारले राजनीतिक भेटवार्ता जारी राखेकी छिन् । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग हिजो नै भेटवार्ता गरेकी थिइन् ।
सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग पनि बिहीबार नै भेट गरि कुराकानी गरेकी थिइन् ।