बानेश्वरमा एमाले संसदीय दलको बैठक जारी
journey fortech
२३ भाद्र २०७८, बुधबार ११:१८
२३ भदौँ, रौतहट । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा बसिरहेको छ ।
संसद भवनको बुधबार बिहान ल्होत्से हलमा जारी बैठकमा आजदेखि सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।
बुधबार अपरान्ह ४ बजेतिर प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाइएको भट्टराइले जनाए ।






