भदौँ १५ गतेदेखि नेपालबाट श्रीलंका सीधा उडान
१३ भदौँ, रौतहट । अगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीचको हवाई उडान शुरू हुने भएको छ ।
नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै भदौँ १५ गते मंगलबारदेखि काठमाडौं-कोलम्बो उडान शुरू हुने जनाएका हुन् ।
अरुणातिलकाका अनुसार सातामा दुईपटक काठमाडौंबाट कोलोम्बो सीधा उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणले अनुमति दिएको छ । काठमाडौं-कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।






