महामारीका बेला भारतले गरे नेपाललाई अक्सिजन प्लान्ट प्रदान
१० भदौँ, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भारतले अक्सिजन प्लान्ट प्रदान गरेको हो । कोरोनाविरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ उपलब्ध गराएको अक्सिजन प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
छिमेकी मुलुकले सहयोग स्वरुप प्रदान गरेको अक्सिजन प्लान्ट प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ, भने एकै साथ दुई सय जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता समेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।






