जापान सरकारले अनुदानमा दिएको थप ३ लाख खोप स्वदेश आउँदै

   २४ श्रावण २०७८, आईतवार १२:१४  

२४ साउन, रौतहट । जापान सरकारले प्रदान गरेको एस्ट्रेजेनेका कोरोनाविरुद्धको खोप थप ३ लाख डोज आज नेपाल आउन लागेको छ ।

कोरोना महामारीका बेला नेपाललाई अनुदानमा जापान सरकारले दिएको ३ लाख डोज एस्ट्रेजेनेका खोप शनिबार स्वदेश ल्याइएको थियो । नेपाललाई १६ लाख डोज कोरोना खोप उपलब्ध गराउँने प्रतिबद्धता जनाएको योजना अनुसार दोस्रो खेप लिन गएको कतार एयरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजपनि खोप आउने भएको छ ।

जापानले पहिलो चरणमा ८ लाख खोप नेपाल पठाउने क्रममा आज थप तीन लाख डोज नेपाल आउन लागेको हो । बाँकी ८ लाख एस्ट्रेजेनेका खोप अर्को साता काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।