डिसलाइक गर्ने फिचर ल्याउँदै ट्वीटर

   ११ श्रावण २०७८, सोमबार १२:३५  

११ साउन, रौतहट । ब्लगिङ साइट ट्वीटर प्रयोगकर्ताका लागि एक नयाँ खुसीको खबर आएको छ । ट्वीटरले एक नयाँ फिचर थप गर्दैछ जस अनुसार अब ट्वीटर प्रयोगकर्ताले कुनै ट्वीटमा डिसलाइक पनि गर्न सक्नेछन् ।

ट्वीटरले ट्वीटमा अपभोट तथा डाउनभोट फिचरको परीक्षण गरिरहेको छ । डाउनभोट भनेको यस्तो फिचर हो जसमा प्रयोगकर्ताले कुनैपनि ट्वीटमा डिसलाइक गर्न सक्दछन् ।

यसका साथै ट्वीटरले भ्वाइस ट्रान्सर्फमर फिचर पनि थप गर्दैछ । जसले प्रयोगकर्ताले कुनै पनि समारोह आयोजना गर्दाका बखत आफ्नो आवाज परिवर्तन गर्नका लागि अनेक खालका आवाजहरुको उपयोग गर्न सक्दछ ।

ट्वीटर सपोर्टद्धारा पोष्ट गरिएको एक ट्वीटमा कम्पनीले हाल यी फिचरहरु केही आईओएस प्रयोगकर्ताहरुका लागि परीक्षण गरिरहेको जनाएको छ । एन्ड्रोइड प्रयोगकर्ताले भने यो फिचरको परीक्षण गर्न पाउनका लागि केही समय कुर्नुपर्नेछ ।

एप रिसर्चर जेन मानचुन वोंगका अनुसार यो फिचरले प्रयोगकर्तालाई आफ्नो भ्वाइसको पिच परिवर्तत नगर्ने वा आफ्नो अडियोमा अर्को आवाजलाई जोड्ने अनुमति दिनेछ । लाइभ हुनुभन्दा अगाडि प्रयोगकर्ताले विभिन्न खाले आवाजको परिक्षण गर्न सक्नेछन् र आफ्नो आवाज कस्तो सुनिन्छ रु भनेर थाहा पाउन सक्नेछन् ।

ट्वीटरका अनुसार प्रयोगकर्ताले आफूलाई चित्त नबुझ्ने ट्वीटरमा डिसाइक गर्न सक्ने भएपनि त्यस्तो डिसलाइकहरु सार्वजनिक भने हुने छैनन् ।

एजेन्सी