कोरोना खोप लिन आज चीन जाँदै निगमको जहाज

   ६ श्रावण २०७८, बुधबार १३:१४  

६ साउन, रौतहट । चीनले उपलब्ध गराएको कोरोना खोप लिन आज राति नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ ।

कोरोना माहमारीका बेला सहयोग गरेको खोप लिन बुधबार साँझ चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने जहाजले बिहीबार बिहानै ६ बजेतिर नै १० लाख डोज खोप लिएर आउने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जनाएका हुन् ।

पौडेलले दिएका जानकारी अनुसार निगमको जहाजले तीन उडानमार्फत बेइजिङबाट ३२ लाख खोप ल्याउने छ ।