राष्ट्रपति विरुद्ध परेको रिटमाथि आज सुनुवाई हुदैँ

   ७ आश्विन २०७९, शुक्रबार ११:१०  

७ असोज, रौतहट । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरेको भन्दैँ राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वाेच्च खदातलमा परेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।

संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध सर्वाच्च अदालतमा परेको रिटमाथि शुक्रबार सुनुवाई हुन लागेको स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको हो ।

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ ।