सुनको मूल्य घट्यो, चाँदीको मूल्य कति

   २८ भाद्र २०७९, मंगलवार १२:५६  

२८ भदौँ, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम भएको छ ।

तर, आज चाँदीको मूल्य भने बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोलामा १ हजार १ सय ८५ रुपैया निर्धारण गरिएको छ ।