सप्तरी क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष यादवको नाम सिफारिस

   २७ भाद्र २०७९, सोमबार ११:४७  

२७ भदौँ, सप्तरी । आगामी मंसिर ४ गते हुने चुनावका लागि सप्तरी क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस भएको छ ।

मंसिर ४ गते (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी २ बाट सिफारिस भएको छ ।

जसपाका अध्यक्ष यादवको नाम सप्तरी–२ सहित लगाएत अन्य ८ ठाउँबाट सिफारिस भएका पनि सप्तरी क्षेत्र नम्बर २ बाट अध्यक्ष यादव चुनाव लड्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।