शुक्रबार विद्यालय निस्केका तीन जना बालक बेपत्ता

२६ भदौँ, रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा विद्यालय जान निस्केका तीन जना बालक बेवत्ता भएका छन् ।
शुक्रबार घरबाट विद्यालय निस्केका तीन जना बालक सम्पर्कविहीन भएको भन्दैँ आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् । बुटवल उपमहानगरपालिका ११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल भदौँ २४ गते (शुक्रबार)देखि नै हराएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीमध्ये लम्साल र पौडेल बुटवलको ११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए ।
बेपत्ता भएका तीनै बालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।