भेरी अस्पतालमा उपचाररत दुई जना डेंगी संक्रमितको मृत्यु

   २३ भाद्र २०७९, बिहीबार ११:०६  

२३ भदौँ, बाँके । बाँकेको भेरी अस्पतालमा दुई जना डेंगी संक्रमित बिरामीको उपचारकै क्रममा मृत्यु भएको छ ।

जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना डेंगी संक्रमितको बुधबार साँझ मृत्यु भएको छ । डेंगी संक्रमणका कारण ज्यान गुमाउनेमा बढैयाताल गाउँपालिका ८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिका रहेको अस्पताल स्रोतले जनाएको छ ।

संक्रमित वृद्धलाई उपचारको लागि भदौँ १४ गते (मंगलबार) र बालिकालाई १२ गते अस्पतालमा भर्ना गरिएको थियो । यस्तै, भेरी अस्पतालमा डेंगी सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढेका छन् ।