आज बिहान पहिरो खस्दाँ बुटवल–पाल्पा सडक अवरुद्ध
द नेपाल मिडिया
२१ भाद्र २०७९, मंगलवार ११:५९

२१ भदौँ, बुटवल । पहिरो खस्दाँ आज बिहानदेखि बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ ।
मंगलबार बिहान पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको स्रोतले जनाएको छ । स्रातका अनुसार पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबामा पहिरो खसेको छ ।
ठूलो ढुंगोसहित खसेको पहिरो हटाइ सडक सं१चालनमा ल्याउनका लागि डोजर समेत प्रयोग गरिएको छ । हाल सडक खुलाउन काम हाल जारी नै रहेको समेत स्रोतले जनाएको छ ।