धनुषामा उम्मेदवार सिफारिसको विषयमा कांग्रेसका कार्याकर्ताबीच झडप

१९ भदौँ, धनुषा । आगामी निवार्चनका लागि उम्मेदवार सिफारिसको विषयमा विवादमा धनुषामा कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच भएको झडप चर्काेपछि दुवै समूहबीच कुटाकुट हुँदा उम्मेदवार सिफारिस रोकिएको छ ।
शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा उम्मेदवार सिफारिसबारे छलफल गर्न क्रममा झडप भएको थियो ।