आगामी चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना हुने
द नेपाल मिडिया
१३ भाद्र २०७९, सोमबार १५:५१
१३ भदौँ, रौतहट । आगामी मंसिर ४ गते हुने संघिय तथा प्रदेशको चुनावका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ ।
मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले स्वीकृति दिएको स्रोतले जनाएको छ । स्रमेतका अनुसार म्यादी प्रहरी कम्तीमा ४० दिनको लागि भर्ना खुल्ने बताइएको छ ।