पोखरामा तीजको दर खाएका अधिकांश व्यक्तिहरु बिरामी

   ८ भाद्र २०७९, बुधबार १२:०६  

८ भदौँ, गोरखा । तीजको दर खाएर गोरखा नगरपालिकामा एक भन्दा बढी मानिसहरु बिरामी परेका छन् ।

गोरखा नगरपालिका ७ मान्द्रेढुङ्गाकामा श्रीकृष्ण जन्माष्टमीका दिन स्थानीयहरुले मिलेर दर खाएका अधिकांश व्यक्तिहरु बिरामी परेको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

दर खाएको साँझदेखि नै सबै बिरामी परेका हुन् । बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार भइरहेको बताइएको छ । बिरामीहरुमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको छ ।

बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ ।