मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

   ७ भाद्र २०७९, मंगलवार १५:१८  

७ भदौँ, कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

छाडा गाईसँग मोटरसाइकल ठोक्किदाँ धनगढी उपमहानगरपालिका १३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको ज्यान गएकोप्रहरीले जनाएको छ ।

अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११प ३८१६ नम्बरको मोटरसाइलले सोमबार राति छाडा गाईलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बोगटीलाई निसर्ग अस्पताल धनगढीमा उपचारको लागि ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।