करेन्ट लागेर मौलापुरमा एक जनाको मृत्यु

   ५ भाद्र २०७९, आईतवार १२:१९  

५ भदौँ, रौतहट । करेन्ट लागेर मौलापुरमा एक जनाको मृत्यु भएको छ ।

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ निवासी ४० वर्षीय महेश प्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महेशले स्थानीय राजेन्द्र साह (कलवार)को खेतीपाति गर्दाै आएका थिए ।

वर्षा नभएको कारण खेतमा रोपेको धान नाश हुन्छ भन्दैँ शनिबार राति खाना खाएर खेतमा पानी हाल्न विद्युतीय मोटर संचालन गर्ने क्रममा राती करिब १ बजेतिर उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका निजलाई राजेन्द्र साहले मौलापुर अस्पतालमा ल्याएपनि सो अस्पतालमा उपचार सम्भव नभएको कारण थप उपचारको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएको थियो । नेसनल मेडिकल कलेजमा उपचारकै क्रममा आइतबार बिहान ३ बजेतिर महेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमको लागि नरायणी अस्पतालमा शव राखिएको छ । घटनाबारे थप अनुसनधान भइरहेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।