नदीमा डुबेर दुई बालकको मृत्यु

   ४ भाद्र २०७९, शनिबार ११:३९  

४ भदौँ, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मान नदीमा नुहाउने क्रममा डुबेर बढैयाताल गाउँपालिका वडा नम्बर ४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी पोष्ट र स्थानीयवासीको सहयोगमा नदीबाट दुवै बालकको शव उद्धार गरिएको छ । तिरुवाको घटनास्थलमै मृत्यु भएको थियो भने भुजेलको उपचारको क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मानखोलामा डुबेर बेपत्ता हुनासाथ खोजी गरिएको थियो ।