करणी आरोपमा सुर्खेतबाट एक जना पक्राउ

   २९ श्रावण २०७९, आईतवार १८:१५  

२९ साउन, रौतहट । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक जनालाई सुर्खेतको गुर्भाकोटबाट पक्राउ गरिएको छ ।

१२ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई हिरासतमा लिएको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार गत बुधबार गएराति बालिका बुवाबाटै बलात्कृत भएको घटना शनिबार प्रहरीलाई थाहा भएको थियो । करण भएको भन्दैँ प्रहरीलाई पीडितका आफन्तहरुले नै जानकारी गराएका थिए ।

आरोपी बाबुलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस्तै, स्वास्थ्य परीक्षणका लागि पीडित बालिकालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।