मंसिर ४ गते हुने निर्वाचनका लागि आज एमाले दल दर्ता गराउँदै

   २४ श्रावण २०७९, मंगलवार १०:५९  

२४ साउन, रौतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुनका लागि आज नेकपा एमाले दल दर्ता गराउँदै छ ।

मंगलबार दिउँसो १२:३० बजेतिर उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग जाने एमाले निर्वाचन विभागले जानकारी दिए ।

यस्तै, सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते गर्ने सहमत भएपछि, साउन २२ गते (आइतबार)देखि दल दर्ता प्रक्रिया सुरु भएको छ ।