बाघको छाला सहित कैलालीबाट ४ जना पक्राउ
द नेपाल मिडिया
२० श्रावण २०७९, शुक्रबार १३:०२
२० साउन, कैलाली । कैलालीको गोदावरी नगरपालिकाबाट बाघको छालासहित ४ जना पक्राउ परेका छन् ।
बाघको छाला ओसारपसार भएको भन्दैँ पाएको गाप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले डोटी जोरायल गाउँपालिका २ का समिर ओली, बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिह भण्डारी, चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत र सोही स्थानका धिरेन्द्र रावतलाई हिरासतमा लिएको हो ।
बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०४-००१ च ०००६ बोलेरो जिपलाई रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट बाघको छाला, प्लास्टिकको कट्ठा, हण्डी २ केजी बरामद भएको प्रहरीले जनाएको छ ।
आज बिहान पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि वन कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।