आगामी मंसिर ४ गते चुनाव गर्न गठबन्धन सहमत

   १८ श्रावण २०७९, बुधबार १७:५०  

१७ साउन, रौतहट । आगामी मंसिर ४ गते चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत भएका छन् । सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावको विषयमा छलफल हुँदा आगामी मंसिर ४ गते (आइतबार) चुनाव गर्न गठबन्धनका शीर्ष नेताहरु सहमत भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा हुनेछ ।