साउन मसान्तसम्म कक्षा ११ मा भर्ना लिन परीक्षा बोर्डको निर्देशन

   १८ श्रावण २०७९, बुधबार १२:४०  

१८ साउन, रौतहट । साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने राष्ट्रिय परीक्षा बोर्डले व्यवस्था मिलाउन विद्यालय तथा शिक्षणसंस्थाहरुलाई निर्देशन दिएको छ । बोर्डले आए एक सूचना जारी गर्दै म्याद राखेर भर्ना आव्ह्रान गर्दा दुर्गम क्षेत्रका विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित हुने जनाएको छ ।
यस्ता गुनासा बोर्डलाई प्राप्त भएको समेत सूचनामा उल्लेख गरिएको छ । एसईईको नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउनु हुन सूचित गरिन्छ । यस्तै, साउन ११ गते एसईईको नतिजा सार्वजनिक गरिएको थियो ।