बारामा कांग्रेस र लोसपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित ९ जना पक्राउ

   १३ श्रावण २०७९, शुक्रबार १०:४१  

१३ साउन, बारा । कर्मचारी हेरफेरको विषयमा बारामा का्रंग्रेस र लोसपाका कार्यकताबीच झडप हुदाँ प्रहरीसहित ९ जना घाइते भएका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिकामा शिक्षा र स्वास्थ्य शाखा प्रमुख हटाएको विषयमा भएको सामान्य विवाद चर्केपछि उग्र रुप लिएको प्रहरीले जानकारी दिए ।
उपप्रमुख नजमु शेहरका श्रीमान शेख मोतिम र वडा नम्बर ४ का अध्यक्ष अवधेश सहनी बीच भएको विवादका क्रममा प्रहरीसहित ९ जना घाइते भएका हुन् । नेपाली कांग्रेस र लोसपाका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि १५ राउण्ड आशुग्याँस सोत प्रहार गरिएको प्रहरीले जनाएको छ ।