नेपालसहित १८ एसियाली मुलुकलाई थप १ करोड ६० लाख खोप प्रदान गर्ने; अमेरिका

   ८ असार २०७८, मंगलवार ११:४९  

८ असार, रौतहट । नेपालसहित १८ एसियाली मुलुकलाई अमेरिकाले कोभ्याक्स मार्फत थप १ करोड ६० लाख कोरोना खोप विनियोजन गरेको छ ।

सोमबार अमेरिकाले बाँकी ५ करोड ५० लाख कोरोना खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ । जस अनुसार एसियाका १८ मुलुकहरुलाई कोभ्याक्स मार्फत १ करोड ६० लाख खोप वितरण गरिने छ ।

विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड कोभिड १९ खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि २ करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो ।